दंगीशरणमा कालिका लघुवित्तद्धारा बैबाङ टोल विकास संस्थालाई सरसफाई सामाग्री हस्तान्तरण

दंगीशरण, ११ चैत ।
कालिका लघुवित्त वित्तीय संस्था दंगीशरणले हेकुलि बैबाङ टोल विकास सस्थालाई सरसफाइ सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले आज (शनिबार) सरसफाइ अभियानको समय पारी एक औपचारिक कार्यक्रमका बिच फ़ोहोर उठाउने बाल्टिन,स्ट्याण्ड ,डस्टबिन, झाडु ,लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

ब्यबस्थित सहरीकरण र स्वच्छ दंगीशरणको परीकल्पना गर्दै आफ्नो टोलहरुभित्रको फोहर र गाउँपालिका वरपरको फोहर ब्यबस्थापन स्वरुप साप्ताहिक सरसफाई अभियानको सुरुवात गरेको हेकुलि बैबाङ टोल विकास संस्थाले सुरुवात गरेको सरसफाइ अभियानलाई साथ र सहयोग गर्दै कालिका लघुवित्तले सरसफाइ सामाग्री हस्तान्तरण गरेको हो ।

सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सम्भु गिरीले शिक्षा र स्वास्थ्य बिना कुनै पनि काम अगाडी बढ्न नसक्ने बताउदै भौतीक पुर्वाधारलाई मात्र विकास नठानि मानविय विकास र सचेतनाका कार्यक्रममा बिशेष जोड दिने बताउनुभयो ।अर्को एक प्रसङ्गमा सरसफाई कार्यक्रममा सहभागी हुदै गाउँपालिका अध्यक्ष गिरीले आफ्नो घर कार्यालयबाट निस्किने फोहरलाई रोकथाम गरी फोहरमैला ब्यबस्थापनमा सहयोग गर्न गाउँपालिका वासीहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतले अभियानले निरन्तरता पाउनु पर्ने र आफ्नो साथ र सहयोग सदैब रहने बताउनुभयो । यस्तै हेकुलि बैबाङ टोल विकास संस्थाका अध्यक्ष मधुकर राणाले गर्मीयामको शुरूवात र बढ्दो जनसंख्या वृद्धिका कारण उत्पन्न फोहरको ब्यब्स्थापन र स्वच्छ हरीयालि दंगीशरण बनाउन आफुहरुले अभियानको शुरूवात गरेको बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रम कालिका लघु वित्त वित्तीय संस्थाका केन्द्रिय अनुगमन प्रतिनिधि राजेन्द्र दुलालको सभापतीत्व दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख अथितित्यता,वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेत र वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको विशिष्ट आथित्यतामा भएको थियो ।

कालिका लघुवित्तका लक्ष्मण चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्राथमिक स्वास्थ केन्द्र बागरका अनन्त चौधरीले गर्नुभएको थियो ।