कांग्रेसका आधिकारिक उम्मेदवारका पक्षमा मत माग्न सभापति केसीको आग्रह

निराश पाण्डे,
शान्तिनगर, ११ चैत ।
नेपाली कांग्रेस शान्तिनगर पार्टी सभापति झलक केसीले पार्टीका आधिकारिक उम्मेदवारका पक्षमा मत माग्न कांग्रेस पार्टीका कार्यकर्ता हरु समक्ष अनुरोध गर्नु भएको छ।

सभापति केसीले आज शनिबार एक प्रेस विज्ञप्त्ति प्रकाशित गरि शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित जनकल्याण माद्यामिक विद्यालय सिमसुन्दरपुरको विद्यालय ब्यबस्थापन समितिको यहि आउदो चैत १३ गते हुन गैरहेको निर्वाचनमा कांग्रेस पक्षिय उम्मेदवारहरुलाई विजयी बनाउन सबै कार्यकर्ता आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भएको छ।


पार्टीले पुष्पा थापा, डम्बर खत्री , हरिभक्त केसी र उर्बती दाहाललाई चुनावी मैदानमा अघि सारेको सभापति केसीले जनाउनु भएको छ, भने उता एमाले माओवादी गठबन्धनले बिरेन्द्र जैसी, ढग लाल कंडेल, पुर्ण कुमारी घर्ती र टीका कुमारी ओलिलाई अघि सारेको माओवादी नेता स्टारले जनाउनु भएको छ।

विद्यालय ब्यबस्थापन समितिमा राजनीति दलहरुको सर्ब सम्मतका लागि विभिन्न चरणमा छलफल भएता पनि सहमति नभए पछि चैत १३ गते निर्वाचन हुन लागेको छ। नेपाली कांग्रेस आफू एक्लै चुनावमा होमिएको छ भने एमाले र नेकपा माओवादीको संयुक्त गठबन्धन रहेको छ। उक्त विद्यालयमा ४ सय ९४ मत संख्या रहेको जनाइएको छ।