ब्यबस्थापनमा गोरखा तुलसीपुर जिल्लाकै उत्कृष्ट

देव राज कँडेल
तुलसीपुर,३१ साउन ।
कक्षा १२ को ब्यबस्थापन शंकायमा गोरखा माध्यामिक विद्यालय तुलसीपुर उत्कृष्ट भएको छ । ब्यबस्थापन शंकाय प्रमुख डम्बर डाँगीका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले जिल्लामै सबै भन्दा बढि ३.९१ जीपीए ल्याएकी छन् ।

त्यस्तै व्यवस्थापन समुहमा २ सय ८ विद्यार्थी मध्ये ३३ जनाले ३.६१ देखि ३.९१ जीपीए ल्याएका छन् । त्यस्तै ११९ जनाले ३.२१ देखि ३.६०, ६० जनाले २.८१ देखि ३.२१ र ४ जनाले २.४८ देखि २.८० जीपीए ल्याएका छन् । गोरखा तुलसीपुर विगतमा नेपालकै पाँचौं पनि भएको थियो ।


साथै विज्ञान समूह तर्फ २४० जना विद्यार्थी मध्ये १०४ जनाले जनाले ३.६१ देखि ३.९१ जीपीए ल्याएका छन् । त्यस्तै १२३ जनाले ३.२१ देखि ३.६०, १३ जनाले २.९३ देखि ३.२० जीपीए ल्याएका छन् ।