दाङमा काङ्ग्रेसको १० दिने आन्तरिक बिशेष अभियान शुरु

प्रमोद आचार्य
दाङ, २२ साउन ।
नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिती दाङको आयोजनामा काङ्ग्रेसको आन्तरिक विशेष अभियानको आज एक औपचारीक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरेकोछ ।

नेपालि काङ्ग्रेसको केन्द्रिय कमिटीको साउन २ देखी १० गते सम्पन्न केन्द्रिय कमिटीको निर्णय अनुसार साउन २० गते देखी साउन ३० गते सम्मको अभियान अन्तर्गत प्रत्यक जिल्लामा केन्द्रिय प्रतीनिधि खटाए बमोजिम दाङमा आउनुभएका केन्द्रिय प्रतिनिधि गोपाल दहितलाई स्वागत गरीनुका साथै अभियानको उद्घाटन समेत गरीएको हो ।

अभियानको उद्घाटन गर्दै नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य तथा दाङ जिल्लाका लागी आउनुभएका केन्द्रिय प्रतीनिधि डा।गोपाल दहितले जिल्लालाई अझ चलायमान बनाउन र गतीसिल बनाउन,तथा हरेक गुणासो तथा टिकाटप्पणिहरुको एकिन प्रतीवेदन तयार गर्न अभियानको आयोजना गरीएको बताउनुभयो ।


यस्तै डा. दहितले पार्टीका हरेक तह तथा तप्कामा बसेकालाई कुनै पनि जिम्मेवारी दिई सबैलाई सक्रिय बनाउने अभियानको पहिलो उदेश्य रहेको बताउनुभयो । पार्टीलाइ चलायमान बनाउन केन्द्रिय कार्यसमितीको निर्देशन पर्खिरहन नपर्ने बताउदै हरेक भातृ सङ्गठनको पुर्णताका लागी सकृय भएर लाग्न निर्देशन समेत दिनुभयो ।

जनताको सेवामा काङ्ग्रेस भन्ने उदेश्यका साथ जनताको जनजिबिकाको सवालमा हरेक सुख तथा दुःखमा सहयोग र सेवाभाव बिस्तार गरी जनता सेवा दल निर्माण गर्न र पार्टीको बिस्तार तथा सङ्गठन सुदृढीकरण गर्न पार्टीको विधान कुरी राख्न नपर्ने समेत डा. दहितले बताउनुभयो । यस्तै नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिती दाङले १० दिने अभियानको कार्यतालिका समेत सार्वजनिक गरेकोछ ।

अभियान उद्घाटन नेपालि काङ्ग्रेस दाङका जिल्ला सभापती शंकर प्रसाद डाङ्गीको अध्यक्षता तथा नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितको प्रमुख आथित्यतामा भएकोथियो । कार्यक्रमको सहजीकरण नेपालि काङ्ग्रेस दाङका जिल्ला सचिब अर्जुन योगीले गर्नुभएकोथियो ।