लुम्बिनीमा माओवादीले लियो समर्थन फिर्ता

दाङ, २३ फागुन ।
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । माओवादी लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारु र दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।


केन्द्रमा समीकरण फेरिएसंगै लुम्बिनीमा पनि त्यसको प्रभाब परेको छ । माओवादी केन्द्रबाट लुम्बिनीमा अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकास मन्त्री कृष्ण केसी हुनुहुन्थ्यो । अहिले ति दुबै मन्त्रालय मुख्यमन्त्री चौधरीले नै राख्नु भएको छ ।