मुहानमा खानेपानी दिवस

तुलसीपुर,८ चैत । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मुहानमै ३१ औं विश्व खानेपानी दिवस मनाएको छ । बुधबार परेको दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित पहर मुहानमा गएर खानेपानी दिवस मनाएको हो ।

मुहान संरक्षणकालागि प्रत्येक बर्ष मुहानमै पुगेर दिवस मनाउने गरिएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।‘मुहानको अबस्था बुझ्न र त्यसलाई संरक्षण गर्नकालागि हामी मुहानमै गएर दिवस मनाउने गरेका छौं’,उनले भने‘यो बर्ष पनि हामीले मुहानमै पुगेर कार्यक्रम ग¥यौं ।’

पछिल्लो समय पानीका मुहान पनि सुक्दै जादा खानेपानीको हाहाकार मच्चिने गरेको भन्दै मुहान संरक्षण गर्न यसरी कार्यक्रम गर्नु सकारात्मक भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । ‘पानीका मुहान संरक्षण गर्नु हामी सबैको दायित्व हो, तर, मुहान संरक्षणमा कसैको पनि चासो जाने गरेको पाइदैन’,उनले भने‘अब हामीले मुहान संरक्षणलाई बिशेष ध्यान दिनुपर्छ ।’

संस्थाका विभिन्न ७ वटा मुहान छन् । उपाध्यक्ष सिताराम शर्माका अनुसार मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरे चौरमा पानीका मुहानहरु छन् । ति मुहानहरुमा बैशाख जेठतिर विस्तारै पानी कम हुँदै जाँदा पानी पु¥याउन हम्मे–हम्मे पर्ने गरेको छ । त्यस्तै संस्थाका ८ वटा भूमिगत मुहानहरु छन्, ३ वटा सम्पवेल छन् । हाल संस्थाका ८ हजार बढि उपभोक्ता छन् । जसले तुलसीपुरका ९ वटा वडालाई खानेपानी पु¥याउँदै आएको छ ।

सदस्य आशा जीसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर ५ का वडाध्यक्ष बीरेन्द्र कुमार शाह, वडा नं.१० का अध्यक्ष यमराज केसी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका राजकुमार पोखरेल, संस्थाका सल्लाहकार जनक खराल, पत्रकार बालाराम खड्कालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रमको सहजीकरण सचिब सेवकराम भण्डारीले गरेका थिए ।

सहलगानीको काम अघि बढ्यो
संस्थाको बबई लिफ्टिङको काम अघि बढेको छ । अहिले तीन वटा ट्याङ्की निर्माणको कार्य अघि बढिरहेको छ ।

सितलपुर, खानेपानी प्राङगण र साविक अञ्चल प्रहरी कार्यालय नजिकमा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण भइरहेका छन् । त्यस्तै कपडादेवीमा डिपवोरिङ निर्माण कार्य भइरहेको छ ।

५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँया लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।