प्रेम विवशले जिते सर्वोत्कृष्ट पर्व गीत गायक अवार्ड २०७९

काठमाडौं, ८ चैत ।
दोस्रो विशाल लुम्वीनी लोकदोहोरी अवार्ड २०७९को पर्व गायक अवार्ड प्रेम विवश घर्ती मगरले जितेका छन् । चैत ७ गते काठमाडौंको पर्यटन वोर्ड भृकुटी मण्डपमा भव्यताकासाथ अवार्ड कार्यक्रम् सम्पन्न भएको हो ।

विशाल मुभिज प्रा.ली.का प्रवन्धक हुम गैरेको अध्यक्षता तथा पूर्व कृषिमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माकोे प्रमुख आतिथ्यता र पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्य मन्त्री, प्रतिनिधी सभा सदस्य माननिय विमला वि।क।र तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीमगरको विशिष्ट आतिथ्यतामा भएको अवार्ड कार्यक्रम्मा गायक घर्तीले तिज गीत नास सारी सरक्क बाट सर्वोत्कृष्ट पर्व गीत गायकमा अवार्ड जित्न सफल भएका हुन् भने गायक घर्तीमगरले कार्यक्रम्मा बुद्ध जन्मे लुम्बीनी राष्ट्रिय भावको गीत समेत प्रस्तुत गरेर सबैलाई नचाएका थिए ।

२०६२ सालमा रेडियो नेपालबाट लोक गीत विद्यामा स्वर परिक्षा उतिर्ण गरे सँगै विभिन्न लोक तथा दोहोरी गीत एल्बम दर्शक श्रोतामाझ ल्याएका घर्तीमगरले २०७१ सालदेखि निरन्तर तिज गीत एल्बम पनी दर्शक श्रोतमा माझ पस्किदै आएका छन् । अवार्ड जिते सँगै गायक घर्तीमगरले भन्छन् “निरन्तरता र मेहनत गरे फल अवश्य प्राप्त हुन्छ आत्तिनु हुँदैन ।”


गायक घर्तीमगरले यस अघी सुन्दरादेवी म्यूजिक अवार्ड २०७५ हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय भावको गीतबाट ,त्यसैगरि भाषिक गीततर्फ ‘गर्मी बढ्यो चर्को छ हेर घाम’बाट नेशनल ब्राण्ड म्युजिक अवार्ड २०७८को जुरी अवार्ड पनि जितिसकेका छन् ।

कार्यक्रम्का प्रमुख अतिथी विश्वकर्माले लोक गीत संगीत राष्ट्रको पहिचान नहुने भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनु भएको छ । गयक प्रेम विवश घर्ती मगर सँगै लोक तथा दोहोरी गीत सँग संबन्धित ३१ विद्यामा ५५ जना कलाकारहरुलाई आवार्ड वितरण गरिएको थियो ।

फागुन पाँच गते उत्कृष्ट पाँचको मनोनयन कार्यक्रम् नेपाल सरकारको पूर्व उद्योग बाणिज्य तथा आपूर्ती राज्य मन्त्री, प्रतिनिधी सभा सदस्य माननिय विमला वि।क।को प्रमुख आतिथ्यतामा अनामनगर काठमाडौंमा भएको थियो ।