
टेकराज भण्डारी,
बर्दिया, ७ चैत ।
बर्दियामा पाटे बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका–५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।
मधुवन नगरपालिका–५ को चिरौति सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



लाइभदाङ । ७ चैत्र २०७९, मंगलवार १३:४८ बजे