डीवी गार्मेन्टद्वारा क्लबलाई पोशाक सौजन्य

तुलसीपुर,४ चैत । दाङको तुलसीपुर ५ बसपार्क स्थित डीवी गार्मेन्टले खेलाडीलाई पोशाक सौजन्य गरेको छ ।

तुलसीपुर ९ स्थित सनराइज युवा क्लब तुलसीपुर ९ थर्पुडाँडाका खेलाडीहरूलाई खेल पोशाक सौजन्य गरेको हो । गार्मेन्टका सञ्चालक प्रकाश वली र रेशम खड्काले उक्त पोशाक सौजन्य गरेका हुन् ।


खेल खेल्न पोशाकको निकै महत्वपूर्ण भूमिका हुने भन्दै त्यसमा आफूहरुले सहयोग गरेको वलीले बताए । उनका अनुसार खेल नै समृद्धिको आधार रहेको भन्दै खेलाडी उत्पादनमा टेवा पु¥याउन सहयोग गरिएको हो ।

सोही क्लबका प्रत्येक खेलाडीलाई पोशाक प्रदान गरिएको हो ।