तुलसीपुर ६ का दर्जन बढि पसलमा अनुगमन

तुलसीपुर,३० फागुन ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले तुलसीपुरका बिभिन्न पसलहरुको अनुगमन गरेको छ । मंगलबार तुलसीपुर ६ स्थित बाहिनी चोकको पूर्व तर्फका १२ वटा पसलहरुको अनुगमन गरेको हो ।

त्यस क्रममा पसलहरुले मूल्य सूचि नराखेका, कतिपयले दर्ता नगरेका, म्याद गएका सामग्री राखेका जस्ता कुराहरु भेटिएका थिए । ति सबै कुराहरुलाई सुधार गर्न अनुगमन टोलीले निर्देशन गरेको थियो ।

अनुगमनमा शाखा प्रमुख रेखा शर्मा, तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ६ का सदस्य देवी पोख्रेल,बजार ब्यबस्थाप समितिका संयोजक तुलाराम नेपाली, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, इलाका प्रहरी कार्यालय तुलसीपुरका विष्णु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


उपमहानगरपालिकाले बिभिन्न पसलहरुको अनुगमन गरेर नियमन गर्ने गरेको छ ।

No description available.