खोला किनारमा शब फेला

दाङ, ०९ पुस ।
रोल्पामा खोला किनारमा एक जना मानिस मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको लुङग्री गाउँपालिका – ६ घमरुकका ८२ बर्षीय खम्बे पुन मगरको शब मंगलबार दिउँसो धारावाङ खोलाको किनारमा फेला परेको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए ।

उनी पुस २ गते दिउँसोदेखि सम्पर्क बिहिन थिए । उनको शब घरदेखि झन्डै डेढ किलोमिटर उत्तर पूर्वमा पर्ने खोलामा फेला परेको हो ।


प्रहरी निरीक्षक थापाका अनुसार घर परिवार कसैलाई नसोधि उनी घर छोडी हिडेको भन्दै खोजीका लागि प्रहरी पनि गुहारेका थिए ।

घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा राखिएको छ ।