तथ्य लुकाउने होड

जसको शक्ति,उसको भक्ती भने झै सत्ताले शक्तिको कसरी दुरूपयोग गर्छन्, भन्ने कुरा केही घटना क्रमहरूले पुष्टि गर्छन् । सरकार भनेको अभिभावक हो । अभिभावकसंग जनताले अपेक्षा गर्छन् । तर, सरकारले नागरिकको अपेक्षा बमोजिमका गतिविधिहरू गर्दैनन्, त्यसपछि असन्तुष्टि श्वरहरू सुनिन थाल्छन् । विकासको नजिकको सरकार भनेको स्थानीय सरकार हो । जसबाट जनताले धेरै आशा अपेक्षा गरेका छन् । तर, अहिले स्थानीय सरकारको अवस्था हेर्दा नाजुक छ । तुलसीपुर उपमहानगरपालिकाकै कुरा गर्दा करोडौं ऋणमा हुदा सोचे अनुरूपको विकास हुन सकेको छैन । आम्दानीका स्रोतहरू पनि चुस्त छैनन् । धेरै आम्दानीका स्रोतहरू गुमिरहेका छन् । तर, यो आवाज उठाउदा उपमहानगरपालिकाले सत्ताको दुरूपयोग गर्दैै खण्डनमा बढि उत्रिन्छ ।

मिडिया सधै सकारात्मक परिवर्तनकै पक्षमा हुन्छन् । मिडियाको दायित्व पनि त्यही हो । तर, मिडियाले उठाएको विषयलाई सरकारले नकारात्मक ढंगले बुझ्ने प्रचलन छ । मिडियाले गरेको आलोचनालाई स्वीकार गरि त्यो अनुसार सुधार गर्न तर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने हो । तर, उल्टै मिडियाप्रति कपोकल्पित ढंगबाट आफ्नो भयभरको शक्ति प्रयोग गरि खण्डनमा उत्रिनुले सरकारहरू सुधारको पक्षमा छन त ? भन्ने प्रश्न चिन्ह खडा हुन्छ । आफू पानी माथिको ओभानो हुनलाई सत्ता र शक्तिको चरम दुरूपयोग गर्ने र आफू सच्चा देखिने प्रवृति नै अहिलेको समाजको घातक पक्ष हो । यही पक्षको पोषण गर्दै गयौं, र यो कुरा टुलु-टुलु हेरेर बस्यौं भने हाम्रो अवस्था झन–झन विगिदै जानेछ । यसतर्फ सचेत नागरिकहरूले ध्यान दिनु आवश्यक छ ।


तुलसीपुर उपमहानगरपालिका अहिले ऋणमा चलिरहेको छ । जस्तो चुनौतिकाबीच पनि ऋणबाट माथि उठाउन हाम्रा कलमहरू चल्नु पर्छ । मिडियाको खबरदारीले नै सरकारले सचेत बनाउन सकिन्छ, र फजुल खर्चहरू रोक्न सकिन्छ । कुनै स्वार्थ विना हामीले चलाएका कलमले प्रभाव पक्कै पार्ने र रूपान्तरणको महत्वपूर्ण भूमिका निर्वाह हुनेछ । जहा“ मिडिया कम्जोर हुन्छ, त्यहा“को विकास एकदमै न्यून हुन्छ, भन्ने कुरा सबैले बुझेको कुरा हो । तर, मिडियाको खबरदारीमात्रै होर्ईन्, आम नागरिकले गरेको खबरदारीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा नै समाज पछि परेको छ । त्यसैले यसका विरूद्ध सबै सचेत नागरिकले आवाज उठाऔं । साभारः अग्रिम साप्ताहिक