दाङमा बलात्कार आरोपमा तीनजना पक्राउ

दाङ,२८ फागुन ।
दाङमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७, बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित तीनजना छन् ।


उनीहरूले ती माहिलालाई बेलभार चोकदेखि करिब १०० मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।