एमालेले भन्योः शान्तिनगरमा उत्खनन्को कुरा ओझेलमा पार्न खोजियो

तुलसीपुर,२५ फागुन । नेकपा एमालेले शान्तिगर गाउँपालिकामा भएको विवादको सन्दर्भमा वडाध्यक्ष सुनिल वलीको पक्षममा विज्ञप्त जारी गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरि बहुला खोलामा भएको ढुंगा,गिट्टी,वालुवा उत्खनन्को विषयलाई लिएर विवाद उत्पन्न भएपनि कार्यालयमा भएको हातपातको प्रयासको घटनालाई मात्रै स्थापित बनाएर उत्खनन्को विषयलाई ओझेलमा पार्न खोजेको बताएको छ । पार्टीका पालिका अध्यक्ष धनबहादुर केसी र सचिब टिकाराम रिजालले एक विज्ञप्ति जारी गरि घटनाको सत्य,तथ्य बाहिर ल्याउन खोलाको अध्ययन अनुगमन गर्नुपर्ने बताएका छन् । साथै कर्मचारीहरुले काम नै ठप्प पार्ने कार्यको समेत विरोध जनाएका छन् ।

यस अघि पालिकामा काँग्रेसले पालिका अध्यक्षको समर्थन गरेर विज्ञप्ति निकालेको थियो । यो घटनालाई लिएर शान्तिनगरसहित दंगीशरण र बबईमा कार्यरत कर्मचारीहरुले समेत विरोध जनाएका छन् ।


गएको शुक्रबार पालिकाका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिृकत डिल्ली खड्कामाथि वडाध्यक्ष वलीले हातपातको प्रयास गरेको कुरा बाहिरिएको थियो ।