निरला अर्याल,
दाङ, २५ फागुन ।
दाङको तुलसीपुर उपमहानरपालिका वडा नम्बर ७ मा रहेकका सहकारी संस्थाहरुले बुधबार ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।
तुलसीतुर ७ मा रहेको शसक्तिकरण बचत तथा ऋण सहकारी संस्था,जनसेवा बचत तथा ऋण सहकारी संस्था,सुविधा बचत तथा ऋण सहकारी संस्था,शुभारम्भ साना किसान कृषि सहकारी संस्था,शिव शक्ति बहुउद्देश्य सहकारी संस्था, जीवन साहरा कृषि सहकारी संस्था र नव बिहानी कृषि तथा बीउबिजन सहकारी संस्था को सयुक्त आयोजनामा तथा तुलसीपुर उपमहानगर पालिका वार्ड नम्बर ७ को कार्यालयको संयुक्त आयोजना तथा वडा नम्बर ७ को सहकोगमा कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीले तिनै तहको सरकारले महिला अघिकार सुनिश्चित गर्नकोको लागि पर्नुपर्ने बताउनुभयो । नेपालको संविधानमा भएका अधिकारलाई सबै महिला सामु पुर्यान तिनै तहका सरकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वडा सरकारले बजेट विनियोजन गर्दा महिलाहरुलाई प्राथमिकतामा राख्ने समेत बताउनुभयो ।
सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पद्मा कडेलको अध्यक्षता एवम् तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल रेडक्रस सोसाईटी दाङका उपाध्यक्ष देवीका नेपाली, तुलसीपुर नगर विकास समिति सदस्य सपना भण्डारी,वडा नम्बर ७ का वडा सदस्य डिला विश्वकर्मा, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जिसी, शुभारंभ साना किसानको अध्यक्ष्य कविता शर्मा, परिवार नियोजन शाखा घोराहीका सदस्य भावना गौतम , जनसेवा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष नारायण भुसाल, एनएमबी लघु वित्त सहकारी संस्थाको विभागीय प्रमुख प्रेम सुवेदी नेकपा एमाले दाङका नेता खेमराज विक, नेपाली काँग्रेस ७ नम्बर वडा एकाइ सभापती ओम ओली, राष्टिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे , नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्ति शिखा चौधरीलगाएतकाले नेपालको संविधानमा भएको महिलालाको अधिकार कागजमा मात्रै सिमित नभई व्यबहारमा पनि लागुहुनुपर्नेमा जोड दिएका थिए ।
महिलाहरुले आफ्नो हकअधिकारको लागि स्वयम आफुनै लड्नुपर्ने र महिलाहरुलाई सचेत गराउनको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । एउटा महिलालाई परेको परेको समस्या हरेक महिलाको साझा समस्या बनाई दिवस मनाउन जोड दिएका हुन् । महिलाहरुले पनि समान कामको समान ज्याला, पाउनुपर्नेमा राज्यले पहलकदमी गर्न कन्जुसाई गरेको गुनासो गरेका छन् । महिलाको पहुँचमा पर्याप्त सम्पति नहुँदा समाजले दोस्रो दर्जाको रूपमा लिएको गुनासो गरेका हुन् ।
सो अबसरमा पत्रकारिताको माध्यम बाट समाजमा योगदान पुर्याएको भन्दै रेडियो हाम्रो पहुंचमा कार्यरत रेखा शर्मा, राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे र चलचित्र पत्रकार संघ नेपाल दाङको सचिव निराला अर्याललाई नगद सहित सम्मान गरिएको हो । त्यस्तै दैनिक ज्याला मजदुरी गरी घरब्यवहार चलाउने महिला श्रमीक मन्दिरा चौधरी, टिका परियार, पार्वति बिक, भावना ओली, राजकुमारी बुढा, बिन्दु परियार, सरीता नेपाली, पन्चकली केसीलाई नगद सहित सम्मान गरिएको हो । ।
कार्यक्रमा विभिन्न प्रतियोगिता भएको हो । कार्यक्रममा लैङ्गिक समानताका बलियो आधार, सिजनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार भन्ने विषयमा वक्तित्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य मालिका भण्डारी प्रथम, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सदस्य लक्ष्मी न्यौपाने द्धितीय र सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला पोखरेल तृतिय हुनुभएको हो ।
त्यस्तै कविता प्रतियोगिता पविता बिक प्रथम,बसन्ता पोखरेल द्धितिय र नोखी रावत तृतिय हुनुभएको छ । कुर्सी दौद प्रतियोगितामा शुभारम्भ साना किसान कृर्षि सहकारी संस्थाका इन्दिरा शर्मा प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका मनकुमारी बिक द्धितिय, यमुना आचार्य तृतिय र प्रतिज्ञा भण्डारी तेस्रो हुनुभएको छ ।
त्यस्तै तुलसीपुरका ७ का ८ वटा सहकारी संस्थाको र्यालिमा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था द्धितिय र सुविधा महिला बचत तथा ऋण सहकारी संस्था तृतिय भएको छ ।
हाम्रो पहुँच बुहुउद्देश्यीय सहकारी संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले विषयवस्तुको बारेमा प्रकाश पार्नुभएको हो । सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य भिमा डाँगिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जनसेवा बचत तथा ऋण सहकारी संस्थाक सचिव बिमला शर्माले गर्नु भएको हो
लाइभदाङ । २५ फाल्गुन २०७९, बिहीबार ०९:३५ बजे