जीप र मोटरसाइकल ठाेक्कीदा, एक जना गम्भीर घाइते

 

हापुरे, २६ भदौँ ।

दाङमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । ठक्करमा परी मोटरसाइकल चालक शान्तिनगर २ निबासी ४८ बर्षीय रुद्रबहादुर खड्का गम्भीर घाइते हुनुभएको हो ।


हापुरेबाट तुलसीपुर जादै गरेको रा १ ज ८०५ जीप र रा ५ प ३१३४ नम्बरको मोटरसाइकल ठोक्कीएका हुन् । घटनामा परी शान्तिनगर २ निबासी ६७ लालबहादुर वली पनि घाइते हुनुभएको छ । खड्का र वलीलाई राप्ती प्रादेशिक अस्पतालको प्राथमिक उपचारपछि कोहलपुर रिफर गरिएको छ ।

ठक्कर दिने गाडी र चालक ईलाका प्रहरी कार्यालय खिलतपुरको नियन्त्रणमा राखिएको छ । मोटरसाइकल शान्तिनगरबाट पश्चिम र जीप हापुरेबाट तुलसीपुर जान लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक नबीन चुदालीले जानकारी दिनुभएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'