तुलसीपुर, २१ फागुन ।
दाङको तुलसीपुरमा रुखबाट खसेर एक महिला गम्भिर घाइते हुनुभएको छ । घाइते हुनेमा तुलसीपुर ३ बराखाली निवासी ५० वर्षीय हरिकला खराल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज आइतबार बेलुका ५ बजेको समयमा घर नजिकैको सालको रुखमा चडेर घाँस काट्ने क्रममा खसेर उहाँ गम्भिर घाइते हुनुभएको हो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी कोहलपुरमा रिफर गरीएको प्रहरीले जनाएको छ ।
लाइभदाङ । २१ फाल्गुन २०७९, आईतवार २२:०३ बजे