तुलसीपुर,२१ फागुन । दाङको तुलसीपुरमा खुकुरी प्रहार हुँदा युवक घाइते भएका छन् ।
दाङ तुलसीपुर– ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी १८ वर्षीय दिपेश कौसल घाइते भएका हुन् ।
आईतबार बेलुकी ५ बजेतिर खुकुरी प्रहार हुँदा घाइते भएका कौसलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
उनीमाथि तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुषाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पीडित परिवारले जानकारी दिएका छन् ।
घटनाको विषयमा छानविन भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
लाइभदाङ । २१ फाल्गुन २०७९, आईतवार १८:५१ बजे