दाङ,१६ फागुन ।
दाङमा विद्युत हुकिङ गरि चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न स्थानबाट रात्रीकालीन अनुगमनको क्रममा ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तापुरका जगदम्बा प्रसाद अहिर, वडा नम्बर ३ भैंसवाका जमुना प्रसाद यादव रहेको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनुभयो ।
यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ चंगवाका सञ्चीत कुमार यादव, शिवकुमार यादव, तहलु यादव, फिरोज अली, बैधु अली र गढवा गाउँपालिकाको वडा नम्बर ४ रामनगरका दिपक यादव रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, सशस्त्र प्रहरी बल अर्जुन खोला र ईलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरुलाई विद्युत हुकिङ गरि चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रमुख लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार उनीहरुले १ लाख २ हजार भन्दा बढि रकम तिर्न बाँकी रहेको छ । त्यस मध्यमा ४ जनाले ४० हजार बढि जरीवाना सहितको बक्यौता रकम बुझाएपछि छाडिएको छ भने अन्य ५ जनाको बारेमा छानबिन भइरहेको उहाँले बताउनुभयो ।
लाइभदाङ । १६ फाल्गुन २०७९, मंगलवार १२:४६ बजे