तुलसीपुरमा दुई दिनमा ५७ हजारले खाए हात्तिपाइले विरुद्धको औषधी

तुलसीपुर,१२ फागुन । तुलसीपुरमा २ दिनमा ५७ हजार बढिले हात्तिपाईले विरुद्धको औषधी खाएका छन् ।
शुक्रबार मात्रै २९ हजार ६४० जनले औषधी खाएका छन् ।

सोही अनुसार २ दिनमा ५७ हजार ६९ जनाले हात्तिपाईले विरुद्धको औषधी खाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।