अगाडीको मोटरसाइकललाई पछाडीको मोटरसाईकलले ठक्कर दिदा…

तुलसीपुर, १० फागुन ।
दाङको तुलसीपुरमा मोटरसाइकल ठोक्कदा दुईजना घाइते भएका छन् । अगाडी हिडिरहेको मोटरसाईकललाई पछाडीबाट गएको मोटरसाईकलले ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर –६ गुमराह चोक निवासी मोटरसाइकल चालक १९ वर्षका सविन भण्डारी र पछाडि सवार रुकुमको मुसीकोट नगरपालिका –१ घर हाल तुलसीपुर –६ गुमराह चोक निवासी १८ वर्षका राज वली रहेको तुलसीपुर प्रहरीले बताएको छ ।


बेलुकी ५ बजे लक्ष्मीनारायण मन्दिर नजिकै रा ३ प ७६९७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा एयरपोर्ट तर्फ जाँदै गरेको रा५प ४८८३ नम्बरको मोटरसाइकलमा सवार घाइते भएका हुन् ।

ठक्कर दिने मोटरसाइकल चालक भागेको र उनको खोजी कार्य जारी रहेको इलाका प्रहरीले बताएको छ ।