दाङमा नहरमा डुबेर एकको मृत्यु

दाङ, १० फागुन ।
सिँचाइ कुलो (नहर)मा डुबेर दाङमा एक जनाको मृत्यु भएको छ ।

बुधबार विहान देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।