तुलसीपुरको रक्षाचौरमा बाइकको ठक्करबाट एक जना घाइते

तुलसीपुर, ८ फागुन ।
दाङको रक्षाचौर स्कुल नजिकै मोटरसाइकलको ठक्करबाट एक किशोर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका –४ फलावाङ निवासी १८ वर्षका टिका रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।


तुलसीपुरबाट सल्यान जाँदै गरेको रा४प ६११९ नम्बरको मोटरसाइकलले दिउँसो साढे दुई बजे रक्षाचौर स्कुल नजिकै ठक्कर दिएको थियो । मोटरसाइकल चालक बागचौर नगरपालिका– ७ निवासी २२ वर्षका तेजबहादुर खड्का उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ ।