जेसिजद्वारा दिप प्रज्ज्वलन

तुलसीपुर,८ फागुन । तुलसीपुर नगर जेसीजले आज ७३ औं प्रजातन्त्र दिबसको अवसरमा द्वीप प्रज्वलन कार्यक्रम गरेको छ।

तुलसीपुर नगर जेसीजका प्रबक्ता एबम् कार्यक्रम संयोजक जेसी बुद्धि सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ बोर्ड सल्लाहकार माधब प्रसाद न्यौपानेले गेका थिए भने शुभकामना मन्तब्य निबर्तमान अध्यक्ष केशबराज केसीले राखेका थिए । तुलसीपुर नगर जेसीजका अध्यक्ष जेसी सालिक राम वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।


त्यस अवसरमा वलीले फागुन ७ गते जनताको हर्ष उल्लासको दिन भएको भन्दै १०४ बर्ष लामो जहानिया राणा सासन अन्त्य गरी जनताको संघर्षबाट प्राप्त गरेको प्रजातन्त्र रहेको बताए । प्रजातन्त्रमा जनताले निर्बाद रुपमा गरिखाने बातावरण बन्नुपर्ने ,गरिव निमुखा जनताको आवाज सहजै सुनियोस्,नेपालीको एकमात्र पहिचान अनि राष्ट्रियताको डोरी भित्र समान प्रजातन्त्रको महशुस हुन पाउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए भने कार्यक्रमको सहजिकरण तुलसीपुर नगर जेसीजका सह (सचिव जेसी टेकेन्द्र डागीले गरेका थिए।

उक्त कार्यक्रममा तुलसीपुर नगर जेसीजका पुर्ब अध्यक्ष जेसी मोहन सुनार,गोरखा स्कुलका मा बि सॅयोजक बामदेब सापकोटा ,पुर्ण बिक्रम डागी लगाएतको उपस्थिती रहेको थियो।