नेसंविविका उपकुलपति लामिछानेद्वारा धन्यवाद ज्ञापन

बेलझुण्डि, ६ फागुन ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत बेलझुण्डीमा निर्मित आयुर्वेद शिक्षण भवनको बुधबार सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन समारोहमा विश्वविद्यालयको निमन्त्रणालाई स्वीकार गरी भवन उद्घाटनमा सहभागी भएकोमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादव प्रकाश लामिछानेले धन्यवाद दिएका छन्।

उनले उक्त भवन उद्घाटन कार्यक्रममा सरिक भएकोमा सम्माननीय राष्ट्रपति ज्यूप्रति हार्दिक आभार प्रकट गरेका छन्।

साथै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मा, लुम्विनी प्रदेशका प्रमुख अमिक शेरचन, लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री बिष्णुप्रसाद पन्थी, राष्ट्रियसभा, संघीय र प्रदेश सांसद्हरू, सेवा आयोगका पदाधिकारी, विश्वविद्यालयका सभासद्, संबिधानसभा सदस्य, विश्वविद्यालयका प्राध्यापक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी लगाएत सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद् प्रकट गरेका छन् ।


त्यस्तै उपकुलपति लामिछानेले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका लगाएत सम्पूर्ण स्थानीय तह, जिल्लाका सुरक्षा अधिकारी, पत्रकार, जग्गादाता, शुभेच्छुक, बौद्धिक व्यक्तीत्वहरु र सहयोगीहरुप्रति आभार व्यक्त गरेका छन् । साथै विश्वविद्यालयका कर्मचारी वर्ग, प्राध्यापक वर्ग र बिद्यार्थीहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।

विविध कारणले लामो समयदेखि सम्पन्न हुन नसकेको दीक्षान्त समारोह २०८० बैशाख महिनाभित्रै आयोजना गर्ने योजना रहेको लामिछानेले जानकारी दिए ।