दाङमा एक गाउँपालिका उपाध्यक्ष सहित १७ जनप्रतिनिधि माधव तिर खुले

तुलसीपुर
२२ भदौ / दाङमा एक गाउँपालिका उपाध्यक्षसहित १७ जनप्रतिनिधिले नेकपा(एकीकृत समाजवाद)मा खुलेका छन् ।

गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष भुपबहादुर केसीसहित १७ जनप्रतिनिधि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेको प्रदेश निर्वाचन कार्यालय दाङका प्रबक्ता गेहेन्द्र कँवरले बताए ।


आजसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिहरुलाई रोज्ने मिति तोकिएको थियो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'