तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता हुँदै

तुलसीपुर,१ फागुन । दाङको तुलसीपुरमा बक्तृत्वकला प्रतियोगिता हुँदैछ ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको समन्वयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । तुलसीपुरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यामिक तहमा अध्ययन गर्ने एक जना विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।


क्लबका अध्यक्ष मानबहादुर बस्नेतका अनुसार ‘अनेकतामा एकता, संघीय शासन ब्यबस्था’ शीर्षकमा बक्तृत्वकला प्रतियोगिता हुन लागेको हो । लुम्बिनी प्रदेशको स्थापना दिवसका दिन फागुन ३ गते उक्त कार्यक्रम हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन हजार रुपैँया र प्रमाणत्र, द्धितिय हुनेलाई २ हजार पाँचसय र प्रमाण पत्र तथा तृतिय हुनेलाई एकहजार रुपैँया र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक कमलप्रकाश शर्माले बताए ।