राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आउँदै

दीपक बोहरा
तुलसीपुर, १ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आउने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आर्युर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति दाङ आउन लागेकी हुन् । जहाँ आयुर्वेदमा स्नातक(विएएमएस) पनि अध्ययन भइरहेको छ ।

त्यो भवन निर्माण भएको करिब ५ बर्ष भएको छ । तर, औपचारिक उद्घाटन भने भएको थिएन । सोही भवन उद्घाटन गर्न फागुन ३ गते विहान ११ बजे आउने कार्यक्रम रहेको डिन प्रा.डा. मंगलकान्त झाले बताए । हेलिकप्टर मार्फत राष्ट्रपति दाङ आउने भएका हुन् ।

त्यहाँ ओपीडी सेवा सञ्चालन नहुँदा विएएमएसका विद्यार्थीहरुले प्रयोगात्मक गर्न बाहिर जानुपर्ने अबस्था थियो । कोरोनोको समय भन्दा पहिले त्यहाँ ओपीडी सेवा सञ्चालनमा भएपनि त्यसपछि भने सञ्चालनमा हुन सकेको छैन ।


त्यहाँ ओपीडी सेवा सञ्चालनकालागि १० जनाको करार विज्ञापन खोलिएको छ । करारमा जनशक्ति पूर्ति भएपछि ओपीडी सेवा पनि सञ्चालन हुने डिन झाले बताए । विएएमएस साढे ५ बर्षे हुन्छ । त्यसकालागि देशका बिभिन्न ठाउँबाट विद्यार्थीहरु बेलझुण्डी आउने गरेका छन् ।