विद्यालय कर्मचारी परीषद् दाङको अध्यक्षमा शर्मा

तुलसीपुर, २८ माघ ।
विद्यालय कर्मचारी परीषद् दाङको अध्यक्षमा तप्त बहादुर शर्मा निर्वाचित भएका छन । आज घोराहीमा भएको जिल्ला परीषद् भेलाले जिल्लाको शान्तीनगर निवासी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । यस्तै, उपाध्यक्षमा घोराहीका निमेस श्रेष्ठ,बबई निवासी विमला ओली,सचिवमा घोराहीका घनबहादुर रावत, सह सचिवमा तुलसीपुरका किरण परियार,कोषाध्यक्षमा देउखुरीका छत्र बहादुर चौधरी, सहकोषाध्यक्षमा घोराहीकि गिता पाण्डे सर्वसम्मत रुपमा निर्वाचित भएका हुन ।

त्यसैगरी संगठन विभाग प्रमुखमा पुर्ण बहादुर विक, सदस्यमा अरुण परियार र चन्द्र पुन रहेका छन । यस्तै खेलकुद संयोजकमा देवेन्द्र सिंह ठकुरी,आर्थिक संयोजकमा निम बहादुर वली,प्रचार संयोजकमा बसन्त परियार रहेका छन । जिल्ला अध्यक्ष गोविन्द जिसीको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव डम्बर बहादुर वलीको प्रमुख आतिथ्यमा भेला भएको थियो ।


उपाध्यक्ष माधव पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा राष्टिय अधिबेशनबाट उपमहासचिवमा निर्वाचित डम्बर बहादुर वली,केन्द्रीय सदस्य मित्रलाल शर्मा,प्रदेश अधिबेशनबाट अध्यक्षमा निर्वाचित गोविन्द जिसी र सदस्य लक्ष्मण चौधरीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डम्बर बहादुर वलीले कर्मचारी एक जुट भई सरकार संगको अन्तिम आन्दोलनको आवस्यकता रहेको बताएका थिए । उनले आफ्ना मागहरु पुरा नभएको हुदा फेरी आन्दोलनमा जानुको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा विद्यालय कर्मचारीहरु प्रेम कंवर, घन बहादुर रावत लगायतले बोलेको थिए भने कोषाध्यक्ष पुर्ण बहादुर विकले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव तप्त शर्माले गरेका थिए ।