दाङमा को एमाले तिर, को समाजवादी तिर ?

पर्ख र हेरमा सावित्रा, सीता एमालेमै रहने
एमालेका नाममा घोराही र तुलसीपुरमा दुईवटा भवन छन्
संघीय र प्रदेशमा एमालेकै बर्चश्व
दाङको कमिटिमा करिब ५०/५० प्रतिशत
टिकाराम खड्का नै न्यूटल

दाङ । माधव नेपालले नेकपा एमालेलाई बिभाजन गरेर नेकपा(एकीकृत) समाजवादी बनाएपछि त्यसको प्रभाब दाङमा पनि परेको छ । जिल्लामा पनि अहिले आफ्नो पक्षमा पार्नकालागि दुबै पक्ष सक्रिय भएका छन् । २२ गतेसम्म प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले पार्टी रोज्न पाउने भएपछि यो बीचमा चलखेल पनि बढिरहेका छन् । दाङमा पदाधिकारीमा माधव नेपालको बहुमत देखिएको छ । अध्यक्ष रहेका टिकाराम खड्का अहिले ‘न्यूटल’ देखिएका छन् ।

माधव नेपाल निकट मानिने खड्का पछिल्लो समय न्यूटल देखिएका छन् । उनी दुबै तर्फका कार्यक्रममा सहभागि हुने गरेका छैनन् । केही दिन अघि घोराहीमा एकीकृत समाजवादीको कार्यक्रममा उनी सहभागि नभएपछि सचिब हिराचन्द्र केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

युवराज ज्ञवालीहरु एमालेमै रहेपछि खड्का पनि न्यूटल बसेका हुन् । खड्कालाई एमाले नफुट्दै पनि हुकुम बस्नेतहरुको समूहले अध्यक्ष स्वीकार गर्न सकेको थिएन । खड्का न्यूटल भएपनि अझै पनि पदाधिकारीमा सचिब हिराचन्द्र केसी, उपसचिब सुरामनी बेलवासे एकीकृत समाजवादी मै छन् । एमालेमा अहिले पदाधिकारी मध्ये हुकुम बस्नेत मात्रै छन् । उनलाई एमालेले जिल्ला अध्यक्ष बनाएको छ । जिल्लामा रहेकाहरु मध्ये एकीकृत समाजवादी रोज्ने र एमालेमै रहनेको संख्या करिब ५०÷५० प्रतिशत देखिएको छ । संघीय संसद, प्रदेशसभा तथा स्थानीय तहमा कम्जोर देखिएपनि पार्टीमा आफूहरु बलियो रहेको माधव समूहको दावी रहदै आएको छ ।

सावित्रा र सीताले पनि फूटको माधवलाई साथ नदिने
निर्वाचन आयोगम यही भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने व्यबस्था गरिएको छ । दाङमा तीन जना स्थानीय तहका उपप्रमुखले सनाखत गर्ने अपेक्षा गरिएको छ । अलिहे तीनैजना न्यूटल छन् । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको दिदी समेत रहेकी गढवा गाउँपालिका उपाध्यक्ष शान्ती चौधरी पनि न्यूटल छिन् ।

तर, उनले एकीकृत समाजवादीमा सनाखत गर्ने अपेक्षा राखिएको छ । तर, बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा र घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले सकेसम्म पार्टी एकताकै पक्षमा रहने प्रतिक्रिया दिएका छन् । ‘सिंगो जिन्दगी नै पार्टीमा समर्पण गरियो’ घोराहीका उपमहानगरपालिकाका उपप्रमुख न्यौपानेले भनिन्‘ हिजो पार्टी भित्र संघर्ष हुँदा पो एउटा टिममा लागिएको हो, तर, अहिले पार्टी फूटाउने नै भएपछि त्यसलाई साथ दिन सकिदैन, म हिजो पनि एमाले थिएँ, आज पनि एमाले नै छु ।’

त्यस्तै बबई गाउँपालिका उपाध्यक्षले पनि पार्टी एकताकै पक्षमा आफू रहेको भन्दै सकेसम्म पार्टी भित्र संघर्ष गर्ने बताएकी छिन् ।‘२२ गतेसम्म म्याद छ क्यारे, सकेसम्म पार्टी भित्रै संघर्ष गर्नुपर्छ, भन्ने हो’, उनले भनिन्‘परिस्थिति कस्तो आउछ, त्यो अनुसार कदम चाल्छु ।’ सबै पार्टी कार्यकर्तालाई समेटेर लग्ने र गलत प्रबृतिलाई निरुत्साहित भएमा पार्टी भित्रै संघर्ष गर्ने उनको भनाई थियो । अझै पनि पार्टी एकता हुने अपेक्षा रहेको समेत उनले बताईन् । दाङमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु धेरैजना एमालेमै रहने भएका छन् ।

यी हुन्, एमालेमै रहने स्थानीय तहका प्रमुख उपप्रमुखहरु

-भुवनेश्वर पौडेल(ववई गाउँपालिका अध्यक्ष)
-भागीराम चौधरी(दंगीशरण गाउँपालिका अध्यक्ष)
-घनश्याम पाण्डे(तुलसीपुर उपमहानगरपालिका प्रमुख )
-माया आचार्य( तुलसीपुर उपमहानगरपालिका उपप्रमुख)
-नरुलाल चौधरी(घोराही उपमहानगरपालिका प्रमुख)
-जितेन्द्रमान नेपाली(जिल्ला समन्वय समिति संयोजक)
-कुलबहादुर केसी(लमही नगरपालिका प्रमुख)
-सहजराम यादव (गढवा गाउँपालिका प्रमुख)

एमालेले जितेका ३० वडाध्यक्ष
दाङमा ३० वटा वडा एमालेले जितेको थियो । उनीहरुले पनि पार्टी रोज्नु पर्ने छ । २२ गते भित्र उनीहरुले पनि एमालेमा रहने वा एकीकृत समाजवादीमा रहने भन्ने विषय टुंगो लगाउनुपर्ने छ ।

यी हुन्, एमालेले जितेका वडाहरु :
घोराही १ : राममणी पाण्डे
२. केशवराज आचार्य
४. भिमबहादुर सार्की
७. खोपीराम चौधरी
९. मानबहादुर वीसी
११. कुलबहादुर लामिछाने
१३. रवीलाल घर्ती
१८. भरतमणी अर्याल
१९. हर्कबहादुर घर्ती


तुलसीपुर १ : लक्ष्मण भण्डारी
३. विरबहादुर विक
४. बालकृष्ण राणामगर
६. नबराज लामिछाने
१२. सूर्यबहादुर डाँगी
१५. लक्ष्मण चौधरी
१६. भुपबहादुर केसी
१८. माधव वली
१९. रामबहादुर योगी

गढवा १ वावुराम अधिकारी
दंगीशरण १ : श्रीप्रसाद चौधरी
बंगलाचुली ६: बेदुलाल घर्ती क्षेत्री
बबई १: खड्कबहादुर कुँवर
३. नन्दलाल वली
४. टेकबहादुर वली
५. डम्बरबहादुर श्रीस
६. रामबहादुर डाँगी
राप्ती ८: गोकर्णबहादुर राना मगर
लमही १: नुमराज पौडेल
लमही ५: विमबहादुर केसी
शान्तिनगर ४: धनबहादुर केसी

संघीय संसदमा एमालेमै रहने धेरै
दाङमा संघीय संसदहरु एमालेमै रहने धेरै रहेका छन् ।

-गंगा चौधरी (प्रतिनिधिसभा सदस्य)
-विष्णु शर्मा (प्रतिनिधिसभा सदस्य)
-शान्ता चौधरी (प्रतिनिधिसभा सदस्य)
-सुजिता शाक्य (प्रतिनिधिसभा सदस्य)
-कोमल ओली(राष्ट्रियसभा सदस्य )

एकीकृत समाजवादी सांसदहरु :
-मेटमणी चौधरी (प्रतिनिधिसभा सदस्य)
-हिराचन्द्र केसी ( प्रतिनिधिसभा सदस्य )

प्रदेशसभामा समाजवादी रोज्ने शून्य
दाङबाट प्रदेशसभा रोज्य सांसदहरु शून्य छन् । दाङबाट प्रतिनिधित्व गर्ने कुनै पनि प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजेका छैनन् । बरु, विमला ओलीले माओवादी केन्द्र रोजीन, भने अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएर अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका छन् ।

एमालेमै रहेका लुम्बिनी प्रदेशका सांसदहरु ः
-शंकर पोखरेल (प्रदेशसभा सदस्य)
-रेवतीरमण शर्मा(प्रदेशसभा सदस्य)
-धमकली चौधरी(प्रदेशसभा सदस्य)
-सरस्वति गौतम(प्रदेशसभा सदस्य)

एमालेका दुईवटा भवन छन्
एमालेका दुई वटा भवनहमरु छन् । घोराही उपमहानगरपालिका– १५ भरतपुरमा दुई कट्ठा १५ धुर जग्गामा बनेको तीनतले पक्की भवन छ । सो जग्गा केही वर्षअघि स्थानीय शंकर गौतम र माधव पन्थीले दिएका हुन् । एमाले र माओवादीबीच पार्टी एकता भई नेकपा बनेका वेला सांसद कृष्णबहादुर महराले स्थानीय विकास पूर्वाधार कार्यक्रमबापतको एक करोड रुपैयाँ सो पार्टी कार्यालयको तेस्रो तला निर्माणका लागि दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका– ६ मा डेढ कट्ठा जग्गामा दुईतले भवन छ । सो पार्टी कार्यालय निर्माणका लागि नेकपाकै समयमा सांसद हिराचन्द्र केसीले पूर्वाधार विकास कार्यक्रमको ९९ लाख दिएका थिए । एमाले पार्टीको नाममा बैंक खातामा बचत छैन । साभार : अग्रिम साप्ताहिक