दंगिशरणमा वित्तिय सारक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, २८ माघ ।
‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल मान्यताका साथ स्वाबलम्बन लघुवित्त उपशाखा धनौरीको आयोजनामा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम दंगीशरण गाउँपालिका वडा नं. ६ प्रसडुवामा सम्पन्न भएको छ ।

स्वाबलम्बन लघुवित्त उपशाखा धनौरीका प्रमुख बिश्वनाथ भण्डारीको शभापतीत्व तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले बैंकको पहुचबाट टाढा रहेका ग्रामिण बस्तीका महिलाहरुलाई समुहको माध्यमबाट बचत गर्ने बानि बसालेको प्रती संस्थाको प्रसंशा गर्नुभयो ।

यस्तै आम्दानी अनुसारको बचत बसालि पछाडीका सन्ततीको भबिष्य सुनिश्चित गर्न आग्रह गर्नुभयो । यस्तै शाखा प्रमुख बिश्वनाथ भण्डारीले घ वर्गको इजातत प्राप्त संस्थाको रुपमा स्वाबलम्बन अगाडी बढेको र सामुहिक भाबनाको विकाससंगै सदस्यको चेतनामा वृद्धि गर्दै संस्था अगाडी बढेको बताउनुभयो ।


संस्थाले साक्षरता कार्यक्रममा कर्जा लिएका सदस्यको मृत्यु पश्चात लिएको कर्जा मिनहा सहित कृया खर्च बापतको २० हजार रकम र बिमा भुक्तानी दाबि रकम ४ जना सदस्यहरुलाई वितरण गरेको छ । कार्यक्रममा उपशाखा धनौरीका लेखापाल ओम प्रकाश पुनले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।