माओवादी केन्द्र लुम्बिनी विशेष शाखाको अध्यक्षमा केसी

दाङ, २२ माघ ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश विशेष शाखा समितिको अध्यक्षमा नरेन्द्र केसी चयन हुनुभएको छ ।

शाखाको शनिबार घोराहीमा सम्पन्न भेलाले ५५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा ओविन्द्रबहादुर महरा, परिमाण बुढा (क्षितिज) र सचिवमा विनप्रसाद पुन (टार्जन) सर्वसम्मत चयन हुनुभएको छ ।