गायक तुलसी सिवाकोटी र गायिका रिता केसीको नया गित सार्बजनिक

दाङ,१८ माघ ।
गायिका रिता केसी र गायक तुलसी सिवाकोटीको बसौंन तिमि र बोलको युगल सार्बजनिक भएको छ । यस गित गायिका केसी र गायक सिवाकोटीको यो पहिलो सहकार्य हो । जसमा रबि मल्लको शब्द/संगीत,दीक्षित पौडेलको संगीत संयोजन र चन्द्र चौधरीको ध्वनि सम्पादन रहेको छ ।


केशब राज भट्टको कोरियोग्राफर/निर्देशन गरेको गितमा दिनेश पराजुलीको छायांकन र डीनशन शाहले कलर/सम्पादन गरेका छन । भिडियोमा बिकास लामिछाने र एलिया अधिकारीले अभिनय गरेका छन । उक्त गितको भिडियो तुलसी सिवाकोटी अफिसियल युटुब चेनल बाट सार्बजनिक भएको छ ।