नेपाली क्रान्तिको अबको बाटो

आजाद खड्का (केन्द्रीय अध्यक्ष-समाजवादी ज्ञान केन्द्र)

“मालेमावादी सिद्धान्तहरूलाई आफ्नो विशेषता अनुसार लागू गर्दै, क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्नुपर्छ। यस प्रक्रियाले मात्र नेपाली समाजलाई नेपाली विशेषता सहितको ‘वैज्ञानिक समाजवादी युग’ मा प्रवेश गराउन सक्नेछ।”

१.पृष्ठभूमि
नेपालमा सामन्तवादकाे राजनीतिक सँस्था केन्द्रीकृत तथा एकात्मक सामन्तवादी राजतन्त्रात्मक व्यवस्था थियाे। सामन्त, दलाल तथा नाेकरशाही पुँजीवादी अवस्था थियाे। हामी त्यसका विरुद्व नयाँ जनवादी क्रान्ति गर्ने र देशमा नयाँ जावादी व्यवस्था ल्याउने र त्यसकालागि गाउँ देखि शहर घेर्ने दिर्घकालिन जनयुद्वकाे वाटाे हिड्ने कार्यदिशा हामीले २०४८ सालकाे एकता महाधिवेशनवाट पारित गरेका हाैं ।

वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवाद हाम्राे रणनीतिक लक्ष्य हाे भने नयाँ जनवादी व्यवस्था प्राप्त गर्नु हाम्राे कार्यनितिक (तत्कालिक) लक्ष्य थियाे। २०५१ साल माघ २६ गते नेकपा (एकता केन्द्र) ले पहिलाे राष्ट्रिय सम्मेलन गर्याे। सम्मेलनले पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी (माओवादी), मार्गनिर्देशक सिद्वान्त मार्क्सवाद, लेनिनवाद र माओवाद वन्याे। यसरी नेकपा(माओवादी)काे मार्ग निर्देशक सिद्वान्त, वैज्ञानिक समाजवाद हुँदै विश्वसाम्यवाद रणनीतिक(अन्तिम) लक्ष्य र नयाँ जनवादी गणतन्त्र कार्यनीति (तात्कालिक) लक्ष्य एवं सामन्त, दलाल तथा नाेकरशाही पुँजीवादलाई मजदुरकाे नेतृत्वमा किसानकाे व्यापक सहभागितामा गाउँदेखि शहर घेर्ने दिर्घकालिन जनयुद्व कार्यदिशा भएकाे र क्रान्तिकाे प्रमुख प्रहारकाे निशाना सामन्त, दलाल तथा नाेकरशाही पुँजीवाद हुने निश्कर्ष सहि पहिलाे राष्ट्रिय सम्मेलन कमरेड प्रचण्डलाई नै महामन्त्री यथावत राख्दै सम्पन्न भयाे।

 २.जनयुद्वकाे संखघाेष
२.१. जनयुद्वकाे प्रहारकाे प्रमुख निशाना

नेकपा (माओवादी)ले सामन्त, दलाल तथा नाेकरशाही पुँजीवादलाई प्रहारकाे प्रमुख निशाना वनाउदै जनयुद्धको संखघाेष गर्याे।  जनयुद्वले ‘राेमियाे अप्रेशन’ देखि ‘किलाे सेरा टु अप्रेशन’ हुँदै २०५८ सालकाे संकटकाल देखि २०५९ माघ १९ देखि निरंकुश तथा सक्रिय राजतन्त्र व्यहाेर्दै अघि वढ्याे। २०५२ फागुन १ गते देखि २०६३ मंसिर ५ गते (विस्तृत शान्ति सम्झाैता गरेकाे दिन) सम्म १० बर्ष सम्म जनयुद्व भएकाे मानिन्छ।

२.२. नेपाली क्रान्तिका उद्देश्यहरूः
नेपालको सन्दर्भमा, माओवादी क्रान्तिले निम्न उद्देश्यहरूलाई अघि सारेको थियो ।
क) सामन्ती उत्पादन सम्बन्धको अन्त्य: कृषि प्रणालीमा सामन्तवादी संरचनाको अन्त्य गर्दै श्रमिक–किसानलाई सशक्त बनाउने।
ख) साम्राज्यवाद र नव उपनिवेशवादको अन्त्य: विदेशी प्रभुत्वका सबै रूपको अन्त्य गरी राष्ट्रिय स्वाधीनताको सुनिश्चितता गर्ने।
ग) जातीय, लैंगिक, र वर्गीय उत्पीडनको उन्मूलन: सबै प्रकारका सामाजिक विभेदहरूको अन्त्य गर्दै समानतामूलक समाजको निर्माण।
घ) राष्ट्रिय स्वाधीनताको सुदृढीकरणः आर्थिक, सांस्कृतिक, र राजनीतिक रूपमा स्वतन्त्र नेपाल निर्माण गर्ने।

३.नयाँ जनवादी गणतन्त्रकाे विशेषताहरु:
-हामीले नयाँ जनवादी क्रान्तिकाे माध्यमवाट नेपालमा नयाँ जनवादी गणतान्त्रिक व्यवस्थाकाे स्थापना गर्ने कार्यनीतिक लक्ष्य थियाे। याे व्यवस्था पनि एक प्रकारले पुँजीवादी व्यवस्था नै थियाे।
• यसका विशेषताहरु:
३.१) साम्राज्यवाद तथा एकाधिकार पुँजीवादसंग संघर्ष गरेर नवऔपनिवेशिक अवस्था मुक्त हुन्छ।
३.२) यसमा जनताले सामाजिक न्यायकाे पूर्ण प्रत्याभूति पाउँछन्।
३.३) सहकारीका माध्यमवाट जनताले उत्पादनमा व्यापक लगानी गर्छ।  नीजि क्षेत्रले पनि सहकारीकाे माध्यमवाट जनतासंग सहकार्य गर्छ र राज्यले पनि जनता र नीजि क्षेत्रसंग सहकार्य/हातेमालाे गर्दै नियमनकारी भुमिकामा राख्छ।
३.४) एकातिर व्यापक उत्पादन र आमदानी गर्छ भने अर्काे तिर व्यापक राेजगारकाे सिर्जना गरि युवा पुस्तालाई विदेश पलायन हुनवाट राेक्छ।
३.५) उत्पादन र राेजगारकाे सिर्जनाले समाजलाई आत्मनिर्भर, स्वाभिमानी र स्वाधिन वनाउछ।
३.६) आत्मनिर्भर, स्वाभिमानी र समानता मुलक समाज निर्माणकालागि
क) देशकाे बहुसंख्यक महिलालाई GDP मा सहभागी वनाउछ।
ख) घरेलु नियम लागू महिला पुरुष दुवैमा लागू हुन्छ।
ग) पैतृक सम्पत्तिमा समान अधिकार लागू हुन्छ।
३.७) आन्तरिक राष्ट्रियताकाे रक्षा गर्छ। यसले-देशका विविध सभ्यता, सँस्कृति, लिवी, धार्मिक तथा साहित्य-कलाका अधिकारहरुकाे सुदढिकारण गर्दै समानतामा आधारित राष्ट्रिय एकतालाई बलियाे बनाउछ।
३.८) यसरी आत्मनिर्भर, स्वाभिमानी समाज मिलेर वलियाे राष्ट्रिय एकता कायम कायम गरेर राष्टिय स्वाधिनताकाे संघर्षमा विजयी हुन्छ र साम्राज्यवाद र एकाधिकार पुँजीवाद मुक्त देशले अन्तराष्ट्रिय शक्तिसंग भएका असमानजनक/अपमानजनक सन्धि सम्झाैताहरुकाे खारेजी/पुनरावलाेकन गर्छ।

यी विशेषताहरु भएकाे देशकाे व्यवस्थालाई ‘नयाँ जनवादी गणतन्त्र’ वा ‘जनगणतन्त्रात्मक’ व्यवस्था भनिन्छ। यस्ताे व्यवस्था समाजवाद उन्मुख हुन्छ। माथि उल्लेखित विशेषता लागू हुनु नै समाजवादी क्रान्तिकाे आधार तयार गर्ने भनेकाे पनि हाे।  देशमा चलम विकास नगरेर र जनतालाई सामाजिक न्यायकाे प्रत्याभूति नगराई समाजवादमा जान सकिँदैन। बल जफति गईहाले पनि त्यहाँ पुँजीवादी तत्व जनतामा खेलेर प्रतिक्रान्ति गर्नमा सफल हुन्छ। याे कुरालाई ध्यान दिदै हामीले नेपालमा ‘सामाजिक न्याय सहितकाे समृद्व नेपाल’ निर्माणमा व्यापक जाेड दिनुपर्छ।

४. नेपाली माओवादी जनयुद्धका उपलब्धिहरूः
– नेपाली जनयुद्धले निम्न ऐतिहासिक उपलब्धिहरू हासिल गर्‍योः
४.१. सामन्ती राजतन्त्रको अन्त्यः २४० वर्ष पुरानो राजतन्त्रलाई समाप्त गर्दै समाजवाद उन्मुख ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को स्थापना गर्याे।
४.२. धर्मनिरपेक्षता र समानुपातिक समावेशीताः राज्य संरचनामा सबै धर्म, जात, र वर्गको समान सहभागिता सुनिश्चित गर्याे।
४.३. संवैधानिक प्रक्रिया र श्रमिक वर्गको सहभागिताः संविधान निर्माणमा श्रमिक-किसान र उत्पीडित वर्गहरूको सक्रियता पूर्वक सहभागीता गरायाे।
४.४. राजनीतिक चेतनाको विकासः जनतामा सामाजिक, साँस्कृतिक, आर्थिक आदि अधिकारप्रति जागरुकता ल्यायाे।

५. जनयुद्वका बाँकी कार्यभारहरू
नेपाली नयाँ जनवादी क्रान्तिको पूर्णता हुन अझै बाँकी छ। बाँकि रहेकै कारण अहिलेकाे अवस्था भएकाे हाे। अन्यथा देश धेरै अघि वढिसकेकाे हुन्थ्याे। यहाँ हाम्राे समाजमा
• सामाजिक न्यायकाे जनतामा प्रत्याभूति भएकाे हुन्थ्याे।
• देशकाे समृद्व उच्च स्तरकाे हुन्थ्याे।
सामन्तवादले साम्राज्यवाद र एकाधिकार पुँजीवादसंग गठजाेड गरेर सामन्तवादले आफुलाई पनि दलाल पुँजीवादमा बदल्याे।देशकाे सत्ताकाे मुल चावी दलाल पुँजीवादकाे हातमा छ। राजनीतिक शक्तिहरु दलाल पुँजीवादी सत्ताकाे अदियारा (खेताला)काे भुमिकामा वस्न बाध्य छन्। दलाल पुँजीवादी सत्ताका मुख्य पाँचवटा समस्यछन्। यी पाँच समस्याकाे समाधान पूरा गर्नु नै महान जनयुद्व/नयाँ जनवादी क्रान्तिका बाँकि कार्यभार पूरा गर्ने भनेकाे हाे।


५.१) (क)दलाल पूँजीवाद र सामन्तवादको अन्त्यः आर्थिक शोषणका अवशेष मेटाउँदै, ‘संघिय लाेकतान्त्रिक गणतन्त्रकाे तीन खम्बे अर्थनीति अनुसार उत्पादन प्रणालीको स्थापना गर्ने।
(ख) आत्मनिर्भर अर्थतन्त्रको विकासः राष्ट्रिय उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने।

५.२) पितृसत्ताको उन्मूलनः
(क) महिलाहरुमाथिकाे अन्त्य गर्न पैतृक सम्पत्ति माथि समान अधिकार कायम गर्ने।
(ख) घरेलु नियमवाट महिलाहरुलाई मुक्त गर्दै त्यहाँ लैंगिक समानता कायम गर्ने।
(ग) राष्ट्रकाे GDP निर्माणमा महिलाहरुलाई पनि पुरुष सरह व्यापक सहभागी वनाउने।

५.३) जात व्यवस्थाकाे उन्मुलन:
 जात व्यवस्थाका विशेषताहरू
(क)जन्मजात आधारमा निर्धारण: जात व्यवस्थामा व्यक्तिको स्थान जन्म अनुसार निर्धारण हुन्छ। जसका कारण सामाजिक गतिशीलतालाई बाधा पुर्‍याएकाे छ। यसरी निर्धारण गर्नु मानवता विराेधी अपराध हाे भनी सिंगाे राष्ट्रमा स्थापित मान्यता वनाउनुपर्छ।

(ख) पदानुक्रम: जात व्यवस्थाले जात निर्धारण गरी उच्च र नीचको पदानुक्रममा विभाजित गरेकाे छ। याे पदानुक्रमलाई मेटाउदै मानव जात एउटै हाे भन्ने मान्यता स्थापित गर्दै उच्च जातलाई विशेष अधिकार र नीच जातलाई दमन सहनुपर्ने स्थिति हटाउदै मानवजातिका विचमा समानता कायम गर्नुछ।

(ग) सामाजिक भेदभाव: खानपिन, विवाह, र पेशामा विभेदका नियमहरू लागू छन्। यी नियमहरुलाई हटाउदै भेदभावकाे जराे उखेलेर फाल्ने र जातिय भेदभाव र छुवाछूत प्रथाहरूकाे उन्मुलन गर्न बाँकि छ र पूरा गर्नुछ।

५.४) नेपालको आन्तरिक राष्ट्रियता सुदृढीकरणका उपायहरू:
(क) बहु-सांस्कृतिक स्वीकार्यता: सबै संस्कृति, भाषा, धर्म र कलालाई समान सम्मान।
(ख) शिक्षा प्रणाली सुधार: विविधता समेट्ने पाठ्यक्रम।
(ग) समान अधिकार: राजनीतिक, आर्थिक, र सामाजिक समानता।
(घ) भाषा संरक्षण: लोपोन्मुख भाषाको संरक्षण र प्रोत्साहन।
(ङ) सांस्कृतिक मेलमिलाप: समुदायबीच सांस्कृतिक आदानप्रदान।
(च) आर्थिक सशक्तीकरण: पछाडि परेका समूहको सहभागिता।
(छ) स्थानीय स्वायत्तता: निर्णय प्रक्रियामा समुदायको प्रतिनिधित्व।
(ज) राष्ट्रिय स्वाभिमान: साझा पहिचान र एकताको विकास।

५.५) स्वाधिन राष्ट्र निर्माणकाे अभिभारा:
-नेपालले अन्तराष्ट्रिय क्षेत्रसंग गरेका असमानजनक र अपमानजनक गरिएका सन्धि, सम्झाैता र समझदारीकाे खारेजी/पुनरावलोकन गर्नुछ।

६.निश्कर्ष:
-माथि उल्लेखित जनयुद्धका बाँकी कार्यभार पूरा गरिएमा नेपाल वास्तविक रूपमा स्वाधीन, समतामूलक, र आत्मनिर्भर राष्ट्र बन्नेछ। दलाल पूँजीवाद र सामन्तवादको अन्त्यले आर्थिक शोषण मेटाउँदै आत्मनिर्भर अर्थतन्त्रको विकास हुनेछ। पितृसत्ताको उन्मूलन र जात व्यवस्थाको अन्त्यले सामाजिक न्याय र समानता सुनिश्चित हुनेछ। विविध सांस्कृतिक पहिचानको सम्मान र अन्तर्राष्ट्रिय सन्धिहरूको पुनरावलोकनले राष्ट्रिय स्वाभिमान बलियो बनाउँदै नेपाललाई न्यायपूर्ण र प्रगतिशील राष्ट्रको रूपमा स्थापित गर्नेछ। याे काम मालेमावादकाे मार्गदर्शनमा कमरेड प्रचण्डकाे नेतृत्वमा नेकपा (माओवादी केन्द्र)ले पूरा गर्दैछ। अहिले हामी  संघिय लाेकतान्त्रिक गणतन्त्र’ सम्म नेपाली समाज आई पुग्नुलाई हामीले नयाँ जनवादी क्रान्तिलाई मुलभूतरुपमा सशस्त्र जनयुद्व र विद्राेहकाे समायाेजनकाे कार्यदिशा मार्फत सम्पन्न  गरेकाछाैं। बाँकि कार्यभार पूरा गर्न यसलेखकाे बुँदा नं. ५ अनुसार कार्य गर्नुछ। यी काम पूरा गरेसंगै नयाँ जनवादी क्रान्ति पूरा हुनेछ अर्थात समाजवादी क्रान्तिको आधार तयार हुनेछ।

– नेपाली श्रमिक वर्ग र उत्पीडित समुदायहरूले मालेमावादी सिद्धान्तहरूलाई आफ्नो विशेषता अनुसार लागू गर्दै, क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्नुपर्छ। यस प्रक्रियाले मात्र नेपाली समाजलाई नेपाली विशेषता सहितको ‘वैज्ञानिक समाजवादी युग’ मा प्रवेश गराउन सक्नेछ। नेपाली क्रान्तिको अवको वाटो पनि मालेमावादको मार्गनिर्देशन भन्दा भिन्न तरिकाले हिड्न ते परै जावस, सोच्न पनि सकिँदैन। अस्तु।