फागुनमा मेयर कप र राष्ट्रपति रनिङशिल्ड

तुलसीपुर, १४ माघ ।
तुलसीपुर उपमहानगरपालिकाले फागुन महिनामा मेयर कप र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ५,६ र ७ गते विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यो वर्षको रनिङशिल्ड महेन्द्र माध्यमिक विद्यालयले संयोजन गर्न थालेको छ । त्यस्तै अघिल्ला वर्षहरुमा रोकिदै आएको मेयर कप प्रतियोगिता यो वर्ष भने सञ्चालन गर्न थालिएको छ ।


फाुगन २७ गतेदेखि ३० गतेसम्म आयोजना मेयर कप आयोजना गर्ने निर्णय गरिएको सदस्य सचिव एवम शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो । त्यस्तै शिक्षा समितिको बैठकले शिक्षण प्रयोजनबाहेक अन्य समयमा सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल लैजान प्रतिबन्ध निर्णय समेत गरेको छ ।