झण्डा जलाउने रास्वपाको चरित्र होईनः सभापति लामिछाने

दाङ, ८ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले एमालेको झण्डा जलाउने जो कोेही भएपनि कारवाही हुने बताएका छन् । दाङको घोराहीमा शुक्रबार भएको चुनाबी आमसभालाई सम्बोधन गर्दै उनले रास्वपाको कोही कसैले झण्डा जलाएको भएपनि कारवाही हुने बताएका हुन् ।“झण्डा जलाउने रास्वपाको चरित्र होईन्”,उनले भनेका छन्“यदि रास्वपाको कोही कसैले झण्डा जलाएको रहेछ, भने पनि कारवाही हुन्छ ।”

तर, उनले त्यो कार्यमा घुसपैठ भएको हुन सक्ने आशंका गरेका छन् ।“ आफै घुसपैठ गरेको हो भने होसियार, काँक्रो खाएर वियाँ टाँसेको हो भने होसियार”,उनले भने“ विथाल्न पाइने रहेछ, भन्ने लागेर आँखा चम्काएको रहेछ, भने नचम्काए हुन्छ ।”


साथै उनले पुराना पार्टीले काम गर्न नसकेपछि सबै जनता रास्वपामा आबद्ध भएको समेत बताए ।“ अहिलेका हाम्रा मान्छे रास्वपाले जन्माएको होईन, हामले जन्माएको भए त भर्खर तीन बर्षका हुन्थे”,उनले भने“तपाईहरुले काम गर्न नसकेपछि रास्वपा बनेका मान्छे, छन् यहाँ ।”

साथै उनले प्रहरीलाई आफ्नो अन्तिम इच्छा सोध्न लगाउनेहरु अहिले चुनाब लडिरहेको अभिब्यक्ति दिएका छन् । एमाले महासचिब शंकर पोखरेललाई लक्षित गर्दै यस्तो अभिब्यक्ती दिएका हुन् । “जसको आदेशले प्रहरीले मलाई बेडरुममा अन्तिम इच्छा सोधेको थियो”,उनले भने“अहिले जित्छु, भनेर निर्वाचनमा उठेका छन् ।” पोखरेल दाङ–२ बाट चुनाबी मैदानमा छन् ।