दाङसहित पश्चिम नेपालमा भूकम्पको धक्का

दाङ, २२ चैत । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको हो  । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५‍.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।

दाङसहित पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।