लुम्बिनीः मुख्यमन्त्रीले ५ माघमा विश्वासको मत लिदै

दीपक बोहरा
दाङ,३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । मन्त्री चेतनारायण आचार्याक अनुसार माघ ५ गते विश्वासको मत लिने र त्यसपछि मन्त्रालयको बाँडफाँट गर्ने तयारी रहेको बताए ।“आज सभामुख र उपसभामुखको निर्वाचन भयो, अब पर्सी( ५ माघ मा) मुख्यमन्त्री ज्यूले विश्वासको मत लिदै हुनुहुन्छ’,उनले भने‘त्यसपछि मन्त्रीपरिषद विस्तार हुन्छ ।’ विश्वसासको मत लिएपछि अन्य विषयगत समितिको पनि टुंगो लगाउने उनले बताए ।

प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठक माघ ५ गते दिउसो १ बजे बस्दैछ । अहिले तीन जनाको मन्त्री परिषद छ । एमालेबाट आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी(नमूना) मन्त्री बनेका छन् । तर, उनीहरु दुबै जनाको मन्त्रालय टुंगो लागेको छैन ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा,लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सासदहरुको सहित ५८ जनाको समर्थन रहेको छ ।


८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । यो अनुसार सत्तापक्षको स्पस्ट बहुमत रहेको छ । त्यस्तै प्रदेशमा कांग्रेसका २७ र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् ।

मन्त्रालय घटाएपनि आकांक्षी धैरै भएपछि मन्त्रालय भागबन्डामा समस्या हुने गरेको छ । यस अघि १३ वटा मन्त्रालय रहेपछि अब भने मुख्यमन्त्रीसहित १० वटा मात्रै मन्त्रालय रहनेगरि मन्त्रीपरिषदले निर्णय गरेको मन्त्री आचार्यले बताए ।