रैथाने खाना पबद्र्धनमा जोड : ढिक्रीदेखि सिन्कीको झोलसम्म पाइने

तुलसीपुर २८ पुस । दाङको तुलसीपुर स्थित होटल ब्यबसायी संघले माघीको अवसरमा रैथाने खानाको प्रबद्र्धनकालागि कार्यक्रम आयोजना गरेको छ ।

पर्यटन प्रवद्र्धनका नेपाली रैथाने खाना कार्यक्रम गरि सोही दिन निःशुल्क रुपमा ढीक्री, लुसुनको अचार, खिचडी, कुखरा साँधेको, खसीको खुट्टाको सुप, सिन्की र भटमासको झोल, आलु भाङको अचार र मोहीको परिकार खान दिइने भएको छ ।


तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि पुस ३० गते उक्त कार्यक्रमको आयोजना गरेको हो । त्यस अवसरमा सम्पूर्ण होटेल ब्यबसायीहरुलाई आमणत्रण गरिएको छ । पहाड र तराईको रैथाने खानालाई जोड गर्न उक्त कार्यक्रम आयोजा गरिएको हो । जसमा करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रम तुलसीपुर स्थित समीक्षालयमा विहान ११ बजे हुनेछ । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता एवम सल्लाहकार नेत्र वलीको प्रमुख आथित्यमा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको सहजीकरण महासचिब तुफान केसीले गरेका थिए ।