तुलसीपुर
३१ साउन / दाङमा फोटोसहितको नामावली सुरु हुने भएको छ ।
भदौ १ गतेदेखी जिल्ला प्रशासन कार्यालय दाङ, ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट पनि मतदाता नामावली संकलन लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले बताएको छ ।
प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार देशभर नै मतदाता नामावली संकलन कार्य हुनेछ । नामावली संकलन गर्नुकासाथै अद्यावधिक हुनेछ ।
मतदाता परिचयपत्रमा विवरण त्रुटी भएमा, कुनै मतदाताको मृत्यु भएमा, नागकिरता त्याग गरेमा वा मतदाता नामावलीमा दोहोरो नाम रहेमा मतदाता नामावलीबाट नाम हटाउनकालागि निवेदनसमेत दिन सकिनेछ ।
लाइभदाङ । ३१ श्रावण २०७८, आईतवार १८:११ बजे