कपुरकोटमा यात्रुबहाक बस दुर्घटना, ६ जना यात्रु घाइते

तुलसीपुर
१८ भदो / दाङबाट पश्चिम रुकुम जाँदै गरेको यात्रुबहाक बस सल्यान कपुरकोटको सोलावाङ भन्न स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा परि ६ जना यात्रु घाईते भएका छन् । ति मध्ये एक जनाको टाउकोमा चोट लागेको छ । शुक्रबार साढे १ बजेतिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।


उनका अनुसार गाडी भित्तामा ठोक्किदा दुर्घटना भएको हो । घटनाको विवरण आउन बाँकी छ ।