इसाई धर्म प्रसारकलाई ज्यान मार्ने धम्की

दाङ,१५ फागुन । इसाई धर्मको प्रभार प्रसार गरेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. २ बसोबास गर्दै आइरहेका क्रिष्टियन धर्म प्रचारक माधव राज चौधरीलाई हिन्दु जागरण नेपालका अभियन्ता बनाउने समूहबाट आक्रमण भएको छ ।

चौधरीलाई धर्म प्रसार गरेर घर फर्कदै गर्दा घोराही –२ रामपुर चोकमा आक्रमण भएको हो । चौधरीलाई सामान्य चोट पटक लागेको र भागेर आफ्नो ज्यान जोगाउन सफल भएको बताइएको छ । आफ्नो ज्यानको सुरक्षाको निमिक्त प्रहरी समक्ष अनुरोध गरे पनि प्रहरीले कुनै पनि किसिमको सुरक्षा नदिएको चौधरीले बताएका छन् ।

प्रहरीले उल्टै क्रिष्टियन धर्मको प्रचार प्रसार गर्दै हिड्नेहरूलाई कुनै पनि सुरक्षा दिन नसक्ने बताएको छ । नेपालको संविधानको विरोधी कार्य भएकोले हिन्दु धर्मको विराध र क्रिष्टियन धर्मको प्रचार गर्नेविरूद्ध उजुरी आएमा कारबाही गर्ने बताइएको छ ।


नेपाल हिन्दु राज्य भएकोले अन्य धर्मको खुल्ला प्रचार प्रसार गर्न पाईदैन र कसैलाई धर्म परिवर्तन गराउन पाईदैन । चौधरीले नेपनलको संविधान विपरित धर्मको प्रचार प्रसार गर्दै हिडिरहेकोले यो कार्य तुरून्त बन्द गर्न पटक–पटक धम्की आउने गरेको र बन्द नगरे ज्यान मार्ने र परिवारलाई सिद्धाउने (मारिदिने) धम्की आएको छ ।

हिन्दु धर्म भित्र पनि आदीवासी थारु समुदायको फरक किसिमको धार्मिक अभ्यास र आस्था रहेकोले चौधरीले आफ्नो समुदायको धर्म र परम्परा विरूद्ध इसाई धर्ममा लागेर समुदायीको धर्मको विरोध गरेको भन्दै गाउँबाट पनि निकाला गरिएको बताइएको छ । हाल चौधरी परिवार गाउँ बाहिर सदरमुकाममा कोठा भाडा लिएर बस्दै आएको छ ।

चौधरीले आफू क्रिष्टियन धर्मको विश्वासी भएकोले विगत ५ वर्षदेखि पिता प्रमेश्वर यशुको सत्य बचनलाई अरू सक्षम पु¥याउनु आफ्नो कर्तव्य र धर्म भएको बताएका छन् ।