तुलसीपुर,२५ पुस ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ तकियापुरमा स्वास्थ्य शिविर भएको छ । राप्ती लाइफ केयर हस्पिटल प्रालिको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पवन नगर उपशाखाको ब्यबस्थापनमा स्वास्थ्य शिविर भएको हो ।
१ दिने स्वास्थ्य शिबिरमा नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. शिशिर पोख्रेल, नसा तथा मानसिक रोग विशेषज्ञ डा. एलिजा कार्की र जनरल फिजिशियन डा. शुदेश थापा सहितको स्वास्थकर्मीको टोलीले जाँच गरेका थिए । जसबाट ५६५ जनाले निःशूल्क स्वास्थ्य सेवा पाएका थिए ।
लाइभदाङ । २५ पुष २०७९, सोमबार ११:१० बजे