तुलसीपुरका औषधी पसललाई नियमन गर्न सुरु

दाङ,२४ पुस । औषधी ब्यबस्था विभाग नेपालगञ्जले तुलसीपुरका विभिन्न औषधी पसलको अनुगमन गरेको छ । सञ्चार माध्यामले पटक–पटक खबरदारी गरेपछि विभागले शनिबार अनुगमन गरेको हो । दर्ता भएको वा नभएको,ठेगाना ठीक भए वा नभएको,नविकरण, फार्मसिष्टले औषधी वितरण गरे÷नगरेकोजस बिभिन्न २० वटा सूचकमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा धेरै औषधी पसलहरु बन्द अबस्थामा थिए । खुल्ला रहेको औषधी पसलहरुमा पनि धेरैमा समस्या रहेको भेटिएको थियो । केही औषधी पसलहरुमा फार्मासिष्ट नभई अरुले नै औषधी वितरण गरेको समेत पाइएको थियो ।

यसको विस्तृत विवरण अनुगमनमा आएको टोलीले केही दिनमा प्रतिवेदन तयार पार्ने विभागको नेपालगञ्ज शाखा प्रमुख निनु श्रेष्ठले बताईन् ।‘ विभागको टिमले औषधी पसलको अनुगमन ग¥यों’,उनले भनिन्‘अनुगमनमा पुगेको टिम अझै नेपालगञ्ज आएको छैन, त्यो टिम आएपछि प्रतिबेदन तयार पार्छ, अनि हामी त्यसको जानकारी दिन्छौं ।’


गल्ति भेटिएकाहरुलाई केही दिन पछि नेपालगञ्ज स्थित कार्यालयमा बोलाईएको छ । नयाँ पत्रिका र लाईभदाङले को अनलाइन संस्करणमा पुस १ गते ‘दाङका यी मेडिकल, जहाँ मनोमानी बेचिन्छ सयौँ औषधि’ शीर्षकको समाचार प्रकाशित भएपछि दाङमा औषधी पसलहरुको अनुगमनलाई तिबै बनाईएको छ । दाङका औषधि व्यवसायीले यस अघि तुलसीपुरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी आफ्ना कमी–कमजोरी रहेको भन्दै ती कमजोरी सुधार गरेर लैजाने प्रतिबद्धता जनाएका थिए । त्यस्तै केही दिन अघि जिल्लाका औषधी ब्यबसायीहरुसंग विभागले अन्तरक्रिया गरेको थियो । जिल्लामा करिब एक हजारको हाराहारीमा औषधी पसलहरु छन् । तर, अधिकांस औषधी पसलहरु मापदण्ड विपरित छन् । एउटाको नाममा दर्ता हुने तर, औषधी अर्कैले वितरण गर्ने समस्या छ । तर, औषधी ब्यबसायीहरुले यसलाई नीतिगत रुपमा सुधार गर्नुपर्ने माग राख्दै आएका छन् ।

No description available.

No description available.