कमिरेचौर, २२ पुस ।
दाङको बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो हिउँदे अधिवेसन आज (शुक्रबार) सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागि बजेट संसोधन गरेको छ ।
गाउँपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक पूर्वाधार, विपद व्यवस्थापन,संस्थागत विकास जस्ता क्षेत्रमा अपुगहुने रकमलाई संसोधन गरेको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर ‘शुवास’को अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले वजेट संसोधन प्रस्ताव पेश गर्नुभएको थियो । उपाध्यक्ष जिसीले पेशगरेको प्रस्तावलाई सभाका सदस्यहरुले पास गर्नुभएको थियो ।
त्यसैगारी गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर ‘शुवास’ले गाउँपालिकाको गत तथा चालु आर्थिक वर्षको कार्यकालमा कार्यपालिकाद्धारा गरेका महत्त्वपूर्ण कार्यहरु, यस आर्थिक वर्षको कार्यान्वयनको अवस्था लगायतका प्रगतीसँग समिक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।
लाइभदाङ । २२ पुष २०७९, शुक्रबार १८:०२ बजे