मायाखोला गाउँका स्थानियवासीको बत्ती बाल्ने सपना पुरा

प्रमोद आचार्य,
दंगीशरण, २५ बैशाख ।
गाउँपालिकाको १०० मिटर दुरीमा रहेको एउटा त्यस्तो गाउँ जहाँ पोल गाडीएको १७ बर्ष सम्म जिद्युत बिस्तार हुन सकेको थिएन । देश संघीयतामा गयो स्थानिय जनप्रतिनिधिको पहिलो कार्यकाल सकियो तर घरमा विद्युत बाल्ने सपना पुरा हुन सकेको थिएन ।

दंगीशरण–३ मा रहेको माया खोला गाउँका स्थनियवासीको आशा र सपना आज देखी पुरा भएको छ। वडा नं. ३ र गाउँपालिकाको नियमित प्रयास पछि विगत १२ बर्षदेखी बत्ती बाल्ने गाउँलेहरुको सपना आज देखी पुरा भएको हो । पोल गाडीयो, तार पनि बिस्तार गरीयो, मिटर बक्स समेत जडान गर्न लगाइयो, तर विद्युत बाल्न नपाएका स्थानीयहरुले आफुहरुले विद्युत बाल्ने आशा समेत मारीसकेका थिए ।

जब २०७९ बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भयो । नयाँ जनप्रतिनिधिको बिजयी सङ्गै विद्युत बाल्न पाउने आशा जुर्मुराउदै अनुहारमा खुसि अनि ओठमा मुस्कान देखिन्थ्यो। नयाँ जनप्रतिनिधिहरु आए सङ्गै नियमित समस्या देखाउदै पालिका र वडा नं. ३ मा सम्पर्क गर्दै माग गरीरहदा उक्त समस्यालाई महत्वका साथ लिदै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी र गाउँपलिका अध्यक्ष सम्भु गिरीको नियमित सकृयताले विगत १२ बर्ष देखी अन्धकारमा बसिरहेका मायाखोलावासीहरुले विद्युत बाल्न पाउदा धेरै खुसी देखिन्छन् ।


विद्युत बिस्तार गर्ने ठेक्का लिएको ठेकदारले काममा चासो नदिएपछि वडा नं. ३ ले कालो सुचि प्रक्रिया अगाडी समेत बढाएको थियो । कालो सूचिमा पर्ने डरले उक्त ठेकेदारले कामको प्रक्रिया अगाडि बढायो फलस्वरूप आज देखी बत्तीको झिलिमिलिमा स्थानियहरु बस्न पाउनेभएका छन । धेरै लामो समयसम्म विद्युत कार्यालय धाउदै कतैबाट निकास नपाएपछि स्थानियहरु हारथाकसम्म भइसकेका थिए । मोबाइल चार्ज गर्न ,पढ्न लेख्न र हरेक काममा अर्को गाउँमा जानु पर्ने बाध्यता बोकेका स्थानियहरु अहिलेको सरकारले आफ्नो समस्या र दुःखलाई हेरी बत्ती बाल्न खेलेको पहल प्रती अत्यन्तै खुसि छन ।

हरेक बर्ष हरेक चाडपर्वमा अरुको गाउँको झिलिमिलि देख्दा आफुहरु कहिले त्यस्तो झिलिमिलि होला कहिले हामि उज्यालोमा बस्न पाम्ला भन्ने पिरालो त्यहाँका स्थानीयवासीको मनमा लागि रहन्थ्यो । गाउँपालिकाको १०० मिटर दुरीमा पोल गाडेको १२ बर्ष सम्म विद्युत बिस्तार नहुनु र अगिल्लो कार्यकालका जनप्रतिनिधिले उक्त समस्या नबुझेको प्रती गाउँलेहरु दुखि छन ।अहिले घरमा बत्ती बाल्न पाउदा धेरै खुसि छौ, मोबाइल चार्ज गर्न अर्काको टोलमा जानु पर्ने सम्स्या हट्यो यसको लागी हामी वडा नं. ३ का वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष प्रती धेरै खुसिछौ र धेरै आभारीछौ खुसी मुद्रअमा एक स्थानियले बताइन ।