जन्मदिनमा स्वास्थ्य जाँच

तुलसीपुर,२१ पुस । दाङको तुलसीपुर स्थित एक स्वास्थ्यकर्मीले जन्दमदिनको अवसरमा स्वास्थ्य जाँच गरेका छन् ।

सिद्ध ग्लोबल मेडिकल हलका सञ्चालक रमेश केसीले स्वास्थ्य जाँच गरेका छन् । ५० बर्ष माथिका नागरिकको निःशुल्क मधुमेह,रक्तचापलगायतका जाँच गरेका हुन् ।


जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नुपर्ने भन्दै आफूले यो कार्य गरेको उनले बताए । उनले सबैले जन्मदिनमा यसरी नै सिर्जनात्मक कार्य गर्नुपर्ने बताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने समेत उनको भनाई छ ।

त्यस अवसरमा ६० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।