पिकअपले ठक्कर दिंदा पैदल यात्रु घाइते

तुलसीपुर, १७ पुष ।
तुलसीपुरमा पिकअपले ठक्कर दिंदा पैदल यात्रु घाइते भएका छन् । आइतबार दिउँसो साढे १ बजेको समयमा तुलसीपुरबाट रक्षाचौर तर्फ जादै गरेको रा १ च ९३८ नं. को पिकअप जीपले ठक्कर दिंदा पैदल यात्रु तुलसीपुर ५ रानिजरुवा निवासी ५० वर्षीया तुलसा पुन घाइते भएकी छिन् ।

पुनलाई दाहिने खुट्टा र कम्मरमा भित्रि चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । घाईते पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको र अस्था मध्यम रहेको प्रहरी निरिक्षक केसीले जानकारी दिए ।


पीकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको साथमा आवश्यक कागज केही नभएको पनि प्रहरीले बताएको छ ।