लुम्बिनी: प्रदेशसभाको अधिवेशन पुस १८ गते

दाङ,१३ पुस । लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते सोमबार हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउसो १ बजे अधिवेशन आह्वान गरेका हुन् ।

                   

राप्ती उपत्यका(देउखुरी)को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा बैठक आह्वान गरिएको प्रबक्ता चिरञ्जिवी पौडेलले बताए ।


प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो ।

त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शफत ग्रहण गराईनेछ । प्रदेशसभा सचिबालय सचिब दुर्लभ कुमार पुनका अनुसार पुस १७ गते शफत ग्रहण गराउन लागिएको हो ।

May be an image of text