कराते संघको कार्यालय भवन शिलान्यास

लक्ष्मण बस्नेत
दाङ, ६ पुष ।
नेपाल सितोरियो कराते संघ दाङले निर्माण गर्न लागेको संघको कार्यालय भवनको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । तुलसिपुर-९ अमृतनगर टोल बेलुवामा निर्माण गरिन लागिएको पक्की भवनको नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बल राज नेपाली र नेपाल सितोरियो कराते संघ दाङका अध्यक्ष पदम बहादुर बस्नेतले सामुहिक रुपमा शिलान्यास गर्नु भएको हो ।

लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक बिकास डिभिजन कार्यालय तुलसिपुरको १० लाख र संघको १ लाख ९८ हजारको श्रमदान गरि कुल ११ लाख ९८ हजारमा भवनको निर्माण कार्य सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा संघका सचिब मोहलाल थापाले जानकारी दिनु भएकोछ ।


अध्यक्ष थापाका अनुसार ८ मिटर लम्बाई र ५ मिटर चौडाइ रहेको एक कोठे भवनको शिलान्यास संगै आज बाट निर्माण कार्य सुरु गरिएको छ । भवनको निर्माण कार्य पुस मसान्तसम्ममा सम्पन्न गरिनेछ । सो अबसरमा संघका सदस्य देउचन केसि,पुस्पा नेपाली,प्रतीक्षा बिसि भवन निर्माण उपभोक्ता समितिका सदस्य पुतली नेपाली, सुरेश नेपाली लगाएतको सहभागिता रहेको थियो ।